काम गरेर देखाउनुपर्छ मन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेको छ : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १४ : ०६
काम गरेर देखाउनुपर्छ मन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेको छ : मेयर दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बोलेर नभइ काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेर देखाएको दाबी गरिन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय  तह आफैमा बलियो हुनेपर्ने बताइन् ।

‘बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेको छ । भरतपुरले आर्थिक, समाजिक, धार्मिक, साँस्कृतिक विकासमा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनुपर्छ । यही मान्यताका साथ भरतपुर अगाडि बढेको छ’, शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उलने भनिन् ।

भरतपुरको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलेको भूमिका जति प्रशंसा गरेपनि नपुग्ने बताइन् । त्यस्तै महानगरपालिकाको समृद्धिका लागि पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू, सरोकार तथा नगरबासीलाई धन्यवाद दिइन् ।

उनले भरतपुर भ्रमण वर्षले आर्थिक, सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विश्वका पर्यटकलाई आकर्षित गर्ने उदेश्य रहेको बताइन् । महानगरपाका बासीले दुईपटकसम्म विजयी गराएर आर्थिक समृद्धिको उवाहर ल्याएको उनले बताइन् ।