भरतपुर घुमेर अभूतपूर्व अनुभव गर्न हार्दिक निमन्त्रणा गर्दछु: मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १४ : ०१
भरतपुर घुमेर अभूतपूर्व अनुभव गर्न हार्दिक निमन्त्रणा गर्दछु: मेयर दाहाल

चितवन।भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर घुमेर अभूतपूर्व अनुभव गर्न सबैमा हार्दिक निमन्त्रणा गरेकी छन् ।नारायणी किनारमा सञ्चालित भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै भरतपुर आफैमा जिवन्त सङ्ग्रहालको रुपमा रहेकोले घुम्न आमन्त्रण गरेकी हुन् ।

मेयर दाहालले भ्रमण वर्षबाट सिंगो पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘ अनुपम सुन्दरतायुक्त यस पवित्रभूमि सुन्दर छ । सबै प्राकृतिक संस्कृतिक धार्मिक विविधताहरुले भरिपूर्ण छ ।

आवश्यक पूर्वाधारहरु तयार गरिरहेका छौं । अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म घुम्न सकिन्छ ।’ उनले दुर्लभ पाटेबाघ र एक सिंगे गैँडा प्रत्यक्ष हेर्ने व्यवस्था गरिएको बताइन् ।

मेयर दाहालले आफैमा जिवन्त सङ्ग्रहालयको रुपमा रहेको बताइन् । उनले बोलेर होइन काम गरेर देखाउनुपर्छ भन्ने मान्यतालाई आदर्शरुपमा आफूले अंगिकार गरेको विचार राखिन् । उनले भरतपुर भ्रमण वर्ष सुरुवाती अभियान भएको बताइन् । यसबाट आशपाशको क्षेत्रको समेत समृद्धि हुने विश्वास गरिन् । कार्यक्रममा उपमेयर चित्रसेन अधिकारीले स्वागत मन्तव्य राखेका छन् ।