दार्चुला । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए।
कार्कीले बिहिवार राती साढे १२ बजेको समयमा एटीएम फोड्ने प्रयास गरेका थिए। बिहानमात्रै बैंकका कर्मचारीले एटीएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। एटीएम कक्षको सिसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रबार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ