काठमाडौँ। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आफ्नो चौथो खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २ सय ४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नामिबिया ४१.३ ओभरमा २ सय ३ रनमा अलआउट भयो ।
जारी शृङ्खलामा पहिला ब्याटिङ गर्ने टोलीले २ सय रन कटाएको यो पहिलो पटक हो। अघिल्ला चारवटै खेलमा पहिला ब्याटिङ गर्ने टोली अलआउट भएका थिए।नामिबियाका जान निकोल लफ्टी इटनले ४९ र मलान क्रुगरले ३९ रन बनाए। जान फ्रालिंकले पनि ३४ रन जोडे। नामिबियाले छैटौँ विकेटका लागि ७८ रनको साझेदारी गरेको थियो।
नेदरल्यान्ड्सका भिभियान किङ्माले ३ तथा आर्यन दत्त र रोएलफ भान डर मार्वेले २र२ विकेट लिए। शृङ्खलामा नामिबियाले तीनमध्ये २ खेल जितेको छ भने २ खेल खेलेको नेदरल्यान्ड्सले एक जित र एक हारको नतिजा निकालेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड
विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल
विश्वकप लिग-२: अमेरिकामाथि नेपालको प्रभावशाली जित
विश्वकप लिग-२ : नेपाली टोलीको घोषणा, इशान पाण्डेले पाए मौका