काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारवाहीमा परेका छन् । उनलाई पार्टीको फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको छ ।
उनी सुनसरी क्षेत्र नं २ मा गएको प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप लगाइएको छ । सो विषयमा पार्टीले उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको भन्दै पार्टीले कारबाही गरेको हो ।
उनले विद्यालयको २ कट्टा खाली जग्गा भाडामा लिएर सनमुन प्लाजा सञ्चालन गर्दै आएका छन् । प्लाजाबीच भएको सम्झौता अनुसारको भाडा नबुझाएको भन्दै पार्टीले स्पष्टीकरण सोधेको थियो । तर संवाद प्रक्रिया नै बन्द गरी कोशी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० भावना र मर्म विपरीत फेसबुक लाइभ गरी अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको एक जिम्मेवार व्यक्तिबाट पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभाग च नं ८० मिति २०८०-११-०७ को पत्र अनुसार कोशी प्रदेश समितिको महामन्त्री तथा सदस्य पदबाट अर्को निर्णय नआउन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ । अर्को व्यवस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको सङ्गठन सम्बन्धी काम कारबाहीहरू प्रदेश सङ्गठन विभाग सचिवमार्फत हुने जानकारी गराउँदछौ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण