काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारवाहीमा परेका छन् । उनलाई पार्टीको फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको छ ।
उनी सुनसरी क्षेत्र नं २ मा गएको प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप लगाइएको छ । सो विषयमा पार्टीले उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको भन्दै पार्टीले कारबाही गरेको हो ।
उनले विद्यालयको २ कट्टा खाली जग्गा भाडामा लिएर सनमुन प्लाजा सञ्चालन गर्दै आएका छन् । प्लाजाबीच भएको सम्झौता अनुसारको भाडा नबुझाएको भन्दै पार्टीले स्पष्टीकरण सोधेको थियो । तर संवाद प्रक्रिया नै बन्द गरी कोशी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० भावना र मर्म विपरीत फेसबुक लाइभ गरी अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको एक जिम्मेवार व्यक्तिबाट पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभाग च नं ८० मिति २०८०-११-०७ को पत्र अनुसार कोशी प्रदेश समितिको महामन्त्री तथा सदस्य पदबाट अर्को निर्णय नआउन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ । अर्को व्यवस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको सङ्गठन सम्बन्धी काम कारबाहीहरू प्रदेश सङ्गठन विभाग सचिवमार्फत हुने जानकारी गराउँदछौ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध