काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरूले आफूलाई सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो भन्ने प्रश्न गरेको बताएका छन् । महासमिति बैठकको अघिल्लो दिन आइतबार आयोजक एक चियापान कार्यक्रममा उनले यसको जवाफ महासमिति बैठकबाट खोज्नुपर्ने बताए ।
‘म जिल्ला जिल्ला घुम्दाखेरि साथीहरूको एउटै प्रश्न हुन्छ-के हामी सधैँ कम्युनिष्ट पछि लागेर हिँड्ने हो, हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ’, उनले भने । काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
काँग्रेसको भोट घटिरहेका बेला सरकारमा छौँ भनेर खुशी हुनुपर्ने कारण नभएको नेता कोइरालाको भनाइ छ । ‘सरकारमा छदैछौं भनेर ठिक लाग्ला । तर भोलि हाम्रा सन्ततिहरूले हामीहरूलाई सोध्ने छन् कि छैनन् भन्ने पनि हामीले बुझन जरुरी छ’, उनले भने, ‘भोट प्रतिशत ३४/३५ प्रतिशतबाट घट्दै घट्दै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन: डा. शेखर कोइराला
डा. शेखर कोइरालाद्वारा आफूनिकट जिल्ला सभापतिसँग छलफल
डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक