काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो ।
आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन ५ अंकले वृद्धि नेप्से वृद्धि हुँदा ४ अर्ब ११ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
म्यानु एण्ड प्रो उपसूचक बाहेक अन्य १२ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यस दिन २४९ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६३ वटा कम्पनीको मूल्य घटेको छ भने ७९ वटाको मूल्य केही बढेको छ ।
बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो