काठमाडौं। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले जनमुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग भेटघाट गरेका छन् । काठमाडौंमा रहेका बेला उनले बुधबार बिहान चौधरीसँग भेटेका हुन् ।
भेटमा रेशमले साम्पाङलाई आफ्नो किताब 'धरातल' उपहार दिएका छन् । भेटघाटको तस्वीर राख्दै फेसबुकमा रेशमले लेखेका छन्, 'यही अपेक्षाका साथ कतिपटक धरान आएँ,आज काठमाडौंमा तपाइँको मुखबाट सुन्न पाएकोमा गर्वित छुँ ।'
प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजारस्थित कारागारमा लेखेका हुन् ।साम्पाङले यसअघि मंगबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी