एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेड २-१ विजयी

एजेन्सी

सोमबार, २९ माघ २०८०, ०९ : ०९
एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेड २-१ विजयी

एजेन्सी । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड र स्कट म्याकटोमिनीले एक एक गोल गरेका थिए । त्यस्तै भिल्लाका लागि एक गोल डोगलस लुइजले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २४ खेलमा ४१ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी २४ खेलमा ४६ अंक रहेको एस्टन भिल्ला पाँचौं स्थानमा रहेको छ ।