मोरङमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, ११ : १०
मोरङमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।   ट्रकको ठक्करबाट २४ वर्षीय नगेन चौधरी मृत्यु भएको छ ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको मोरङका एसपी दीपक पोखरेलले बताए ।दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस