काठमाडौं । मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले बताए ।
उनका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ : ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
उनी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै
मोरङको आगलागीमा परेका भनिएका बालक सकुशल भेटिए, एकको मृत्यु