काठमाडौं । नेपाल साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
बङ्गलादेशको ढाकामा भएको खेलमा जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो ।
भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरेका थिए । अब प्रतियोगिताको फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल