काठमाडौं । नेपाल साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
बङ्गलादेशको ढाकामा भएको खेलमा जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो ।
भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरेका थिए । अब प्रतियोगिताको फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर