काठमाडौँ । निरन्तर तिन दिन ओरालो लागेको बजार आज भने सुधार आएको छ । बजारमा दिनभरी उतार–चडाब भएपछि अन्तिममाको २ दिनमा बजार दोहोरो अकंले बढेको हो ।
सबै मार्केट सूचक सकारात्मक छन् । रेमिटेन्स बढी रहेको छ । राष्ट्र बैंकका गर्भनरले समेत बैंकहरुको ब्याजदर सिंगल डिजिटमा आउनुपर्छ भनि सके । फागुनदेखि पुनः ब्याजदर घट्ने देखिन्छ । बजार बढ्ने नै देखिएको छ । सेयर बजारको सत्रु ब्याजदर घट्ने क्रममा छ ।
अर्थतन्त्र सुधारको गतिमा अघि बढी रहेको छ । शोधनान्तर अवस्था, रेमिटेन्स, चालु खाता लगायतमा सुधार आइरहेको छ । आन्तरिक अर्थतन्त्रका सूचकहरुमा पनि विस्तारै सुधारका संकेत देखिन थालेका छन् । अर्थतन्त्र सुधार तिर लम्कि रहदा यसको प्रभाव सेयर बजारमा सकारात्मक महोल बन्ने देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५७ प्रतिशतले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको छ । आज ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ९ उपसूचकमा सुधार देखिएको छ । सोमबार बैंकिङ समूहको ०.१४ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशतले सेयर मूल्य बढेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार