काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने बताएका छन् ।
मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै उनले २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताएका छन् ।
दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने लामिछानेको भनाइ छ । ‘ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं’, उनले भने ।
यसअघि धेरै नेता र सांसदले आयोजनाहरुको निरीक्षण गरेको र सरकारलाई ज्ञापन पत्र बुझाएको तर त्यसले आयोजना छिटो पूरा हुन कुनै भूमिका निर्वाह नगरेको लामिछानेले बताए ।
उनले विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भन्दै के कारणले आयोजनाहरु पूरा हुन नसकेका हुन् त्यसको खोजी गरिने बताए । मेलम्ची आयोजनाको दबाब अभियानमा रास्वपा सभापति लामिछानेको नेतृत्वको टोली आइतबार नै सिन्धुपाल्चोकतर्फ जाँदैछ । उनीहरु गाग्रीसहित मेलम्चीको मुहानतर्फ जाँदैछन् । सभापति लामिछानेले मेलम्चीमा अहिलेसम्म ६२ अर्ब रुपैयाँ खर्च गर्दा पनि अझै काठमाडाैंमा पानी आउने निश्चित नभएको बताए ।
२१ वटा आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि देशका अन्य आयोजनाहरुमा पनि दबाब दिइने उनले बताए । त्यसका लागि आयोजना छान्न र दबाब अभियानका लागि तयार रहन लामिछानेले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ
रवि लामिछानेलाई भिटामिन 'डी'को कमी
रवि लामिछानेको स्वास्थ्यमा समस्या आएपछि रगत जाँच गर्न अस्पताल पठाइयो
रवि लामिछानेलाई नख्खु कारागार पुर्याइयो
नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी
रविलाई रुपन्देही कारागारबाट काठमाडौं लगिंदै