एजेन्सी । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले आफ्नो पदबाट राजीनामा दिएका छन्। कांग्रेस नेता तथा झारखण्ड सरकारका मन्त्री आलमगीर आलमले राजभवनबाट बाहिर आएर मिडियालाई यो जानकारी दिएका हुन्।
समाचार एजेन्सी पीटीआईका अनुसार आलमगीर आलमले भने, ‘मुख्यमन्त्री पदका लागि चम्पाई सोरेनको नाम प्रस्ताव गरिएको छ। हामीले ४३ विधायकको हस्ताक्षर दिएका छौँ। हामीसँग ४७ विधायक छन्।’ ६७ वर्षीय चम्पाई सोरेन सरायकेलाका विधायक हुन्।
मुख्यमन्त्री हेमन्त सोरेन र प्रवर्तन निदेशालय (ईडी) बिच विगत केही महिनादेखि पत्राचार चलिरहेको छ। ईडीले कथित जग्गा हिनामिनाको पुरानो मुद्दामा उनीसँग सोधपुछ गर्न चाहन्छ। यसका लागि ईडीका अधिकारीहरूले मुख्यमन्त्री हेमन्त सोरेनलाई पत्र पठाएर उनीसँग समय मागेका थिए।
हेमन्त सोरेनले अधिकारीहरूलाई जनवरी ३१ मा दिउँसो १ बजे आफ्नो निवासमा बोलाएका थिए। ईडीले गत जनवरी २० मा पनि सोही मुद्दामा उनीसँग सोधपुछ गरेको थियो। त्यसपछि छानबिन हुन नसक्ने भनिएको थियो ।
यसअघि ईडीका अधिकारीहरू पनि २९ जनवरीको बिहान दिल्लीस्थित मुख्यमन्त्रीको निवासमा गएका थिए तर उनीहरूले मुख्यमन्त्रीलाई भेट्न सकेनन्।
त्यसपछि हेमन्त सोरेन कथित रूपमा बेपत्ता भएको रिपोर्टहरू पनि आए। तर, भोलिपल्ट हेमन्त सोरेन राँचीमा देखिए । सार्वजनिक कार्यक्रममा भाग लिए र विधायकको बैठकमा पनि भाग लिए ।
ईडीले मुख्यमन्त्री हेमन्त सोरेनलाई पुन: सोधपुछ गरेको थियो र कथित खानी घोटालामा उनको बयान रेकर्ड गरेको थियो। जबकि हेमन्त सोरेन यी मुद्दाहरूमा प्राथमिक अभियुक्त होइनन्।
उनको पार्टीले ईडीले केन्द्र सरकारको निर्देशनमा काम गरेको आरोप लगाएको छ। अब मुख्यमन्त्री हेमन्त सोरेन ईडीसँग खुला कानुनी लडाइँ लड्न चाहन्छन् भनिएको छ। त्यसैले उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १८ माघ २०८०, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री बानियाँले तोडे देउवाकै रोहवरमा भएको सहमति
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त