काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीको विकासका लागि आवश्यक पर्ने बजेट दातृ निकाय वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत जुटाइदिन केन्द्र सरकारलाई आग्रह गरेको छ ।
राजधानीको विकासका लागि एक खर्ब आवश्यक पर्ने पूर्वानुमान गरेको प्रदेश सरकारले पहिलो चरणमा २५ अर्ब जुटाइदिन केन्द्र सरकारलाई आग्रह गरेको हो ।बजेट स्रोतको व्यवस्थापन गर्न भन्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, शहरी विकास मन्त्री कृष्णा केसी, प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवि पोखरेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलसहितको टोली काठमाडौं आएको छ । सो टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारस्थित निवासमा भेटेर प्रदेश राजधानीको विकास योजनाबारे ब्रिफिङ गरेको थियो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको राजधानी विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश राजधानीको विकासका लागि २० वर्षे गुरुयोजना बनाएर काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'