काठमाडौँ । आजपनि नेप्से सूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १०.३७ अंकले बढ्दै नेप्से सूचक २ हजार ९४.४६ अंकमा पुगेकोमा सोमबार थप १०.२६ अंकले बढ्दै २ हजार १०४.७२ अंकमा उक्लिएको हो ।
उसो त आज कारोबारमा समेत केही बढोन्नती आउँदै ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्से सूचक १०.३७ अंकले बढ्दा जम्मा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज पनि बैंकि समूह ऋणात्मक हुन पुगेको छ । यस्तै माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह ऋणात्मक हुँदा बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज अन्य समूहको उपसुचक १.६४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । अरु बाँकी समूहको उपसूचक १ प्रतिशतले कमले बढेका छन् ।
बैंकिङ, फाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक भने आज क्रमशः ०.०६ प्रतिशतले, ०.०५ प्रतिशतले र ०.११ प्रतिशतले घट्न पुगेका छन् । आज सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्योरेन्सको ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैया बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । यसपछि दोस्रोमा न्यादी ग्रुप पावर कम्पनीको २३ करोड ८३ लाख ५६ हजार ७१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार