१०.३७ अंकले बढ्याे नेप्से, १ करोड ७ लाख कित्ता सेयर बिक्री

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १५ : २९
१०.३७ अंकले बढ्याे नेप्से, १ करोड ७ लाख कित्ता सेयर बिक्री

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ। निरन्तर ओरालो लागिरहेको नेप्से ७ कारोबार दिनपछि बढेकाे हाे ।

साथै, आज फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

आज बजारमा १ करोड ७ लाख कित्ता सेयर बिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस