काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गरेका छन्।
शनिबारबाट काठमाडौँमा सुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताएका हुन्।
उनले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहोर्याए। अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि बिस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता रहेको पनि औँल्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ माघ २०८०, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट