काठमाडौँ। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।
नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।
विजयी बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि