झापा गाउँपालिकाका अध्यक्ष साहले गर्न पाएनन् मतदान

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १५ : ५९
झापा गाउँपालिकाका अध्यक्ष साहले गर्न पाएनन् मतदान

विराटनगर। झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नबाट बञ्चित भएका छन् ।भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय तोकिए पनि उनी मतदान गर्नबाट बञ्चित भएका हुन् ।

 

सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले साहलाई तीन महिना कैद र १० हजार जरिवानाको फैसला गरेको थियो ।बिहीवार निर्वाचन आयोगले पत्र पठाएपछि मतदानमा सहभागी नगराएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस