लुम्बिनीमा सकियो मतदान, स्थानीय तहका दुई उपाध्यक्ष मात्र अनुपस्थित

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १५ : ११
लुम्बिनीमा सकियो मतदान, स्थानीय तहका दुई उपाध्यक्ष मात्र अनुपस्थित

बुटवल। राष्ट्रिय सभा सदस्य पदका लागि लुम्बिनी प्रदेशमा मतदान सकिएको छ । ३०५ मतदाता रहेको लुम्बिनीमा ३०३ मत खसेको छ ।निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार स्थानीय तहका दुई जनप्रतिनिधि अनुपस्थित रहे ।

‘बाँकेको नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिकाकी उपाध्यक्ष नर्वदादेवी उपाध्यक्ष अनुपस्थिति हुनुभयो,’ पाण्डेले  भने ।

 

निर्वाचन बिहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा ३ बजेसम्म मतदान भएको थियो । २ पदका लागि लुम्बिनी भएको चुनावमा ६ जना उम्मेदवार छन् । लुम्बिनीमा महिला र अन्यतर्फ एमाले र गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

लुम्बिनीमा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्र जिसी र जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि उम्मेदवार छन् ।

त्यस्तै महिलातर्फ सत्तारुढ गठबन्धनबाट कांग्रेसकी विष्णु सापकोटा र एमालेबाट तुलसाकुमारी केसी उम्मेदवार छन् । त्यस्तै राप्रपाबाट विजयलक्ष्मी सिंह उम्मेदवार छन् । सवा तीन बजेबाट मतगणना शुरू गर्ने पाण्डेले जानकारी दिए ।