बुटवल। राष्ट्रिय सभा सदस्य पदका लागि लुम्बिनी प्रदेशमा मतदान सकिएको छ । ३०५ मतदाता रहेको लुम्बिनीमा ३०३ मत खसेको छ ।निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार स्थानीय तहका दुई जनप्रतिनिधि अनुपस्थित रहे ।
‘बाँकेको नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिकाकी उपाध्यक्ष नर्वदादेवी उपाध्यक्ष अनुपस्थिति हुनुभयो,’ पाण्डेले भने ।
निर्वाचन बिहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा ३ बजेसम्म मतदान भएको थियो । २ पदका लागि लुम्बिनी भएको चुनावमा ६ जना उम्मेदवार छन् । लुम्बिनीमा महिला र अन्यतर्फ एमाले र गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।
लुम्बिनीमा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्र जिसी र जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि उम्मेदवार छन् ।
त्यस्तै महिलातर्फ सत्तारुढ गठबन्धनबाट कांग्रेसकी विष्णु सापकोटा र एमालेबाट तुलसाकुमारी केसी उम्मेदवार छन् । त्यस्तै राप्रपाबाट विजयलक्ष्मी सिंह उम्मेदवार छन् । सवा तीन बजेबाट मतगणना शुरू गर्ने पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा पदाधिकारीका लागि मतदान सुरू
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान