काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीले ती महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ