काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि ‘बुक बिल्डिङ’ प्रक्रियामा प्राथमिक सेयर (आईपीाअे) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीको जारी पूँजी एक अर्ब नब्बे करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने सेयर बिक्री खुला गर्दै छ । उक्त प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर बिक्री हुनेछ ।
कम्पनीले १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गर्न लागे नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । सो मध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म कायम गरिएको छ ।
यो मूल्य भित्र रहेर नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई बोलकबोल प्रणाली मार्फत शेयर बिक्री गरिने छ ।कम्पनीको प्रति सेयर नेटवर्थ १५० रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ३२.९० रुपैयाँ छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट