वीरगन्ज । बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो ।बारा प्रहरीले धरान उपमहानगर वडा नम्बर ५ बस्ने गुजराज विक र सुनसरीको इटहरी नगरपालिका बस्ने बद्री विकलाई पक्राउ गरेको छ ।
वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा फर्जी बिल भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ