काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर–२ घर भएका भीमसेन भट्ट छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिकामा बस्दै आएका २४ वर्षीय भट्टले आफ्नै ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोप छ । रोजगारीको सिलसिलामा चिनजान भएकी प्रेमिकासँग मनमुटाब भएपछि आरोपीले नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो र भिडियो बनाएर पोस्ट गरेका हुन् ।
काठमाडौँमा बस्दा प्रेम सम्बन्धमा रहेकी ती महिला हाल जापानमा छिन् । जापान गएपछि उनीहरूको बिचमा मनमुटाब सुरु भएसँगै भीमसेनले अश्लील फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमार्फत पोस्ट गर्ने र पीडितको आफन्तलाई ह्वाट्स एप मार्फत पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले बताए । घटनाबारे पीडित महिलाको आफन्तले प्रहरीमा उजुरी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ