सुनसरी । सुनसरीबाट ठुलो परिणाममा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् ।
अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले रासिबाट भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ