सुनसरी । सुनसरीबाट ठुलो परिणाममा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् ।
अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले रासिबाट भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ