काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो बैंक खातामा १ करोड ८० लाख रुपैयाँ नआएको दाबी गरेका छन् । सहकारी प्रकरणमा आफ्नो नाम मुछिएर आएका समाचारको सन्दर्भमा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनको भनाई छ । ‘बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ’ उनले भने ।
पूर्व बैंकर अनिल केशरी शाहले पनि लामिछानेको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि