काठमाडौँ । नेकपा एकीकृत समाजवादीको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। लेखा परीक्षणअनुसार पार्टीको आम्दानी गत आर्थिक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ छ।
पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम र सहयोग रकम पार्टीको मुख्य आम्दानी स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ। सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ।
पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ। चालु आर्थिक वर्षको र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रुपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।
पार्टीको चालु आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखा प्रमुख पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ माघ २०८०, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय