कोशीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो बागमती

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, १९ : ४४
कोशीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो बागमती

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै बागमती प्रदेश दोस्रो स्थानमा उक्लिएको छ ।

आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बाग्मतीले कोशीलाई ६४ रनले हरायो । बागमतीले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ ओभर १ बलमा २ सय ९ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ५९ र कप्तान अङ्कितले ५३ रन बनाए । बागमतीका ईशान पाण्डेले ५ विकेट लिए 

यसअघि टस हारेर ब्याटिङ गरेको बागमती ४८ ओभर ३ बलमा २ सय ७३ रनमा अल आउट भयो । कोशीका अभ्यास तिम्शिनाले ३ विकेट लिए । यो जितसँगै बाग्मतीले ५ खेलमा ६ अङ्क जोडेको छ । कोशीको यो लगातार पाँचौँ हार हो ।

 

प्रतिक्रिया दिनुहोस