प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतक

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०८२, १२ : ४३
प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतक

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत एपीएफका ओपनर आसिफ शेखले दुर्लभ कीर्तिमान राखेका छन्। उनले जारी खेलमा मधेश प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गरेका हुन्।

१४२ बल खेलेका उनी २०८ रनमा रिटायर्ड हर्ट भए। उनले आफ्नो इनिङ्समा १५ चौका र १७ छक्का प्रहार गरे।

प्रतिक्रिया दिनुहोस