काठमाडौँ । दिवान पुनको कप्तानीमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको छ । कर्णालीले दिवानको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।
दिवान कप्तान रहँदा वीरेन्द्र शाहले टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् । प्रधानमन्त्री कप २०८२र८३ को संस्करण ४ स्थानमा हुनेछन् । काठमाडौँका २ मैदान र जनकपुर र पर्सामा गरी ४ स्थानमा प्रधानमन्त्री कप सञ्चालन हुनेछ ।
प्रधानमन्त्री कप खेल्ने कर्णालीको टिममा दिवान पुन (कप्तान), अर्जुन घर्ती (विकेट किपर), दिनेश अधिकारी, रविन्द्रजंग शाही, विपिनप्रसाद शर्मा, विपिन रावल (विकेट किपर), दिपेन्द्र रावत, युनिसविक्रम ठकुरी, सुनिल धमला, प्रकाश जैशी, अरविन्द घर्ती, राजप्रसाद शाह, विपिनविक्रम शाही, लक्ष्मण बम, निश्चल रावल, अनुजकुमार चनारा, प्रशिक्षक वीरेन्द्र शाह, सहायक प्रशिक्षक रोशन शाही र व्यवस्थापक र रमेश शाही रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीलाई हराएसँगै बलियो बन्यो आर्मीको फाइनल सम्भावना