रियल मड्रिड एथ्लेटिकोसँग पराजित

एजेन्सी

शुक्रबार, ०५ माघ २०८०, ०८ : ५२
रियल मड्रिड एथ्लेटिकोसँग पराजित

एजेन्सी । एथ्लेटिको मड्रिडले रियल मड्रिलाई पराजित गरेको छ।

स्पानिस कोपा डेल रे अन्तर्गत गएराति ६ गोल भएको खेलमा एथ्लेटिकोले रियललाई ४-२ गोलले पराजित गरेको हो।

९० मिनेटको अवधिमा २-२ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दसौं मिनेटमा एन्टोइन ग्रिजमन र  २९ औं मिनेटमा रोद्रिगोले गोल गरेपछि एथ्लेटिको विजयी भएको हो।

त्यसअघि ३९ औं मिनेटमा सामुयल लिनोले गोल गर्दै एथ्लेटिकोलाई सुरूवाती अग्रता दिलाएका थिए।  ४५ औं मिनेटमा ओब्लाकले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो।

दोस्रो हाफको ५७ औं मिनेटमा एल्भारो मोराटाले गोल गरे। ८२ औं मिनेटमा रियलका जोशेलुले गोल गर्दा निर्धारित समय सकिनुअघि खेल २-२ गोलको बराबरीको स्थितिमा थियो।

जितसँगै एथ्लेटिको कोपा डेल रे को क्वार्टरफाइन प्रवेश गरेको छ भने रियल प्रिक्वार्टफाइनलबाटै बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस