काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन्। गृह जिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे सङ्क्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि नहुने बताए।
नकारात्मकता र निराशा बाँड्नेहरूको समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो। पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरू पनि भएको भन्दै नकारात्मकता हाबी भएका कारण सकारात्मक कामहरूले कम चर्चा पाएको उल्लेख गरे।
‘समाजमा निराशा बाँड्ने र नकारात्मकता फैलाउने कामहरू हुन थालेका छन्’, पुनले भने, ‘संसारमा निराशा बाँड्नेहरूले कहिल्यै पनि नेतृत्व गर्न सकेका छैनन् र उनीहरूले समाजका लागि सम्झन लायक योगदान दिन सकेको उदाहरण पनि छैन।’
पुनले नेपाल सूचना प्रविधि र यातायातको विकासमा संसारका विकसित मुलुकहरूकै दाँजोमा रहे पनि शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारमा केही पछि रहेको भन्दै सबै मिलेर मुलुक निर्माण गर्नुपर्ने औँल्याए।
‘आधुनिक नेपालको निर्माण नहुँदै युरोपमा ३ सय वर्षअघि नै औद्योगिक क्रान्ति भएको थियो, हामीले अहिले नेपाल युरोपजस्तो भएन भनेर हुँदैन’, कतिपय कुरामा हामीले अमेरिका र युरोपको दाँजोमा विकास पनि गरेका छौँ। केहीमा पछि छौँ। मुलुकको विकास जरुरी छ। त्यसका लागि दलहरुबीच सहकार्य र एकताको विकल्प छैन।’
पुनले आफ्नो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एक वर्षे कार्यकालमा धेरै राम्रा कामहरू भएको र अर्को एक वर्ष थप काम गर्ने प्रयत्नमा प्रधानमन्त्री लागिपरेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन