प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

सफल खबर संवाददाता

आइतबार, १४ असार २०८३, १४ : ०९
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक बर्षबाट हुने धारणा राखे । उनले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पारे ।

सरकारले अर्थतन्त्र सुधारका लागि महत्वकांक्षी बजेट ल्याएकाले आगामी बर्षदेखि त्यसको सकारात्मक असर देखिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस