जापानमा ७.६ म्याग्नीच्युडको भूकम्प : २२० जनाको मृत्यु

एजेन्सी

सोमबार, ०१ माघ २०८०, ०८ : ४०
जापानमा ७.६ म्याग्नीच्युडको भूकम्प :  २२० जनाको मृत्यु

एजेन्सी । जापानको मध्य प्रान्त इशिकावामा आइतबार गएको ७.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २२० पुगेको छ।

सबैभन्दा बढी प्रभावित प्रान्तमा भूकम्पपछि वेपत्ता हुनेको संख्या २० पुगेको अधिकारीहरुले जनाएका छन्। भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएका छन्।

यही जनवरी १ मा पनि जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। जसको कारण १२६ जनाको ज्यान गएको थियो भने दुई सय जना हराइरहेका छन्।