रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

एजेन्सी

सोमबार, ०१ माघ २०८०, ०८ : ३७
रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

एजेन्सी  । बार्सिलोनामाथि सानदार जीत निकाल्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । युवा फरवार्ड भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि साविक विजेतासमेत रहेको बार्सिलोनालाई ४–१ ले पराजित गर्दै रियलले उपाधि जितेको हो । 

आइतबारराति भएको खेलमा भिनिसियसले ह्याट्रिक पूरा गर्दा रोड्रिगोले एक गोल थपे । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

जितसँगै रियलले अघिल्लो वर्ष फाइनलमा हारेको हारको बदला लिन सफल भएको छ । त्यसबेला रियल ३–१ ले पराजित भएको थियो ।

यसअघि रियलले सन् २०१९–२० र २०२१–२२ को सिजनमा उपाधि जितेको थियो । रियल २०२०–२१ मा सेमिफाइनलमा पराजित हुँदा गत संस्करणमा फाइनलमा पराजित भएको थियो ।

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ । त्यसपछि रियलले १३ पटक जितेको छ ।

प्रतिक्रिया दिनुहोस