एजेन्सी । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले विवाह गरेकी छन् ।
प्रेमी क्लार्क गेफोर्डसँग ५ वर्षअघि इन्गेजमेन्ट गरेकी आर्डर्नले शनिबार बिहे गरेकी हुन्। सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।
शनिबार उनको विवाह समारोहमा परिवारका सदस्य, साथी र नजिकका राजनीतिकर्मी सहभागी भएका थिए । न्युजिल्यान्डको नर्थ आइल्यान्डको हक्स बेमा कडा सुरक्षाबीच विवाह समारोह आयोजना गरिएको थियो।
विवाह समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए।
सन् २०१७ मा ३७ वर्षकै उमेरमा न्युजिल्यान्डको ४०औँ प्रधानमन्त्री बनेकी आर्डर्नले २०२३ जनवरीमा पदबाट राजीनामा दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
न्युजिल्यान्डलाई आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि चुमाउने प्रशिक्षकको निधन