राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, ०८ : ०६
राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

काठमाडाैं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  

उजुरीको जाँचबुझ सकिने भएकाले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । 

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ मा प्रदान गरिनेछ । यस निर्वाचनमा सात प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।