जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १३ : ५६
जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

उदयपुर ।  २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चौदण्डीगढी नगरपालिका-८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगरलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले ती किशोरीलाई ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस