चितवनमा भएको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०७५, १८ : ४८
चितवनमा भएको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

चितवन । स्वस्तिक नेपालको आयोजनामा अन्तर सामुदायिक माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा ११ ओटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालयकी छात्रा प्रतिष्ठा कंडेल प्रथम, आदीकवि भानुभक्त माध्यमिक विद्यालयकी छात्रा कंचन बगाले द्वितीय र शरदपुर माध्यमिक विद्यालयकी छात्रा संम्झना भुषाल तृतीय हुन सफल भएका कार्यक्रम संयोजक बासुदेव दवाडीले जानकारी दिनु भयो ।

कार्यक्रममा पूर्व अध्यक्षहरु सुदिपसिँह अधिकारी, भरत मल्ल लगायत संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष बालकृष्ण कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम अर्जुन अधिकारीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस