काठमाडौं । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौताका विषयमा संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बुधबार छलफल हुँदैछ।
छलफलका लागि समितीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको छ। बैठक बिहान ११ बजे बस्दैछ। भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका वेला यही पुस १९ गते दुई देशबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न गर्नेलगायत चार विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि बैठक बस्दैछ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका समसामयिक विविध विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ। समितिको बैठक पौने १२ बजे बस्नेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ। विभिन्न शैक्षिक समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने भएको छ। बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १० : ५१
लेखकबाट थप