काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उम्मेदवार बनाएको बताएका छन्। माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिटौलाले सोमबार उम्मेदवारी दर्ता गरेका थिए। सिटौला सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्। विराटनगरमा सोमबार भएको गठबन्धन दलहरूको छलफलमा बोल्दै नेताहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको बताएका हुन्।
‘उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन हामीले उम्मेदवार बनाएका हौँ। हामी त हारेको मान्छे उठाउन नहुने पक्षमा थियौँ,’ काँग्रेस नेता शेखर कोइरालाले भने, ‘तर उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिका, उहाँको योगदानको इतिहास हेरेर हामी सहमत भयौँ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भइसकेको कोइरालाको भनाइ छ।
साथै महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने बताए। ‘शान्ति प्रक्रियाको अधुरो काम पूरा गर्न राष्ट्रिय सभाको नेतृत्वका रूपमा उहाँबाट अब योगदान हुनेछ,’ शर्माले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ पुस २०८०, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला