काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जाने तयारी भएको छ । जनवरी १७ देखि २० सम्म युगान्डाको काम्पालामा हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जानेबारे तयारी भएको हो ।
प्रधानमन्त्री माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि एकिन मिति भने तय भइनसकेको बालुवाटार स्रोतको भनाइ छ । सबै टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उनको भनाइ छ ।
शिखर सम्मेलनअघि युगान्डामै पराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । यसअघि १८ औँ सम्मेलन अजरवैजानमा भएको थियो भने त्यसअघि सन् २०१६ मा भेनेजुएलामा सम्मेलन सम्पन्न गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री प्रचण्ड
ज्येष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)
विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड
संसद्को अवरोध अन्त्य गर्न राजनीतिक संवाद शुरू भएको छ, चाँडै समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड