बुटवल। भन्सार छलेर भारतबाट ल्याउँदै गरेको औषधि प्रहरीले नियन्त्रणमा लिएको छ ।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ चण्डाल टोल नाकाबाट ६ पेटी औषधि इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले आइतवार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
औषधिसँगै प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–४ भेंडाबारीका ३० वर्षीय सुजन भन्ने विवेक पोखरेल र बाग्लुङ बडिगाड गाउँपालिका – ५ टारीका २९ वर्षीय अभिषेक खरेल रहेका छन् ।
प्रदेश नं. ३, ०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार बरामद भएका औषधिमा स्लाइनमा प्रयोग हुने आईबी क्यानुला, विभिन्न रोगलगायत सर्जिकलसम्बन्धी औषधिहरू छन् ।भारतमा धेरै नै सस्तोमा पाइने भएकाले भन्सार छलेर औषधि ल्याएको प्रहरीले जनाएको छ ।
उक्त औषधि काठमाण्डौं टिचिङ अस्पताल अगाडि रहेको आफ्नै मेडिकलमा लैजानका लागि ल्याएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएको औषधिसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ