सलकपुरको एक विद्यालयलाई सांसद शर्माको आर्थिक सहयोग

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १६ : २४
सलकपुरको एक विद्यालयलाई सांसद शर्माको आर्थिक सहयोग

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले मोरङको एक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।उनले सुन्दरहरैँचा नगरपालिका– ८ सलकपुरमा रहेको शिक्षा निकेतन माविलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

 

यसको जानकारी विद्यालयका प्रधानाध्यापक ठाकुर सुवेदीले सामाजिक सञ्जालमार्फत दिएका छन् ।सहयोग गरेका सांसद शर्माको घरमै पुर्याएर सम्मान पत्र प्रदान गरिएको प्रधानाध्यापक सुवेदीले बताएका छन् ।

 

 

 

शर्मा मोरङ क्षेत्र नम्बर– ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सलकपुर पनि सोही क्षेत्रमा पर्छ ।सांसद शर्मा मेडिकल व्यवसायीसमेत हुन् ।  

प्रतिक्रिया दिनुहोस