काठमाडौं। वासिङ्टन–उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रूसलाई उपलब्ध गराएको ह्वाइट हाउसले बिहीवार जनाएको छ ।राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै गर्दा रुसले आफ्नो सहयोगी इरानसँग क्षेप्यास्त्र खरिद गर्न खोजी गरिरहेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको ‘सैन्य भिडन्त’को तयारीका लागि क्षेप्यास्त्र लञ्चरको उत्पादन बढाउन आह्वान गरेपछि ह्वाइट हाउसको यो टिप्पणी आएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रुसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कर्बीले भने, ‘हाम्रो जानकारीले के देखाउँछ भने प्रजातान्त्रिक जनगणतन्त्र कोरिया ९उत्तर कोरिया० ले हालै रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र लन्चर र केही ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको छ ।
‘यो रुसका लागि उत्तर कोरियाको समर्थनको एक महत्वपूर्ण हिस्सा हो र यसले विश्व समुदायको चिन्तालाई बढाएको छ,’ उनले थपे, ‘यस घटनाक्रमले अमेरिकी काङ्ग्रेस (संसद्ले) युक्रेनका लागि महत्वपूर्ण सैन्य सहायताको प्याकेज पारित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । अमेरिकी समर्थनबिना युद्धमा युक्रेनीको आशा चाँडै उडाड हुनेछ ।’
हालैका दिनहरूमा रुसले हवाई आक्रमण गरेको युक्रेनका लागि हवाई प्रतिरक्षा ‘पूर्णतया’ अमेरिकी प्राथमिकतामा रहेको उनले बताए ।कर्बीले भने, ‘काङ्ग्रेसले यस अवस्थालाई बुझ्नु र युक्रेनीहरूलाई उनीहरूको रक्षाको लागि आवश्यक चीजहरू प्रदान गरेर प्रतिक्रिया दिनु महत्वपूर्ण छ ।’
रुसी सेनाले डिसेम्बर ३० मा उत्तर कोरियाले आपूर्ति गरेको क्षेप्यास्त्रमध्ये कम्तीमा एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो, जुन जापोरिजिया क्षेत्रको खुला मैदानमा खसेको थियो ।त्यसपछि मस्कोको सेनाले जनवरी २ मा युक्रेनमा ‘दर्जनौँ’ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
साङ्जी विश्वविद्यालयका सैन्य अध्ययनका प्राध्यापक चोइ गि इलले एएफपीसँग कुरा गर्दै मस्को–प्योङयाङ हतियार स्थानान्तरण रुसले युद्धमा सियोलको आफ्नै भूमिकाप्रति ‘आक्रोश व्यक्त गर्ने’ तरिका हुन सक्ने बताए ।
उनले भने, ‘दक्षिण कोरिया युक्रेनको लागि प्रमुख हतियार निर्यातकर्ता हो । दक्षिण कोरियाले नेटो राष्ट्रहरूसँग हतियार सम्झौता मार्फत अप्रत्यक्ष रूपमा युक्रेनलाई सहयोग गरिरहेको छ ताकि कीएभलाई उनीहरूको हतियार आपूर्तिको लागि सहयोग पुग्न सकोेस् ।’
सोलले युक्रेनको प्रमुख सहयोगी पोल्याण्डमा ट्याङ्क र होवित्जर पठाउन अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।‘रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण दुई कोरियाबीच हतियारको होडबाजी शुरू भएको हो,’ चोइले भने ।
‘संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूको उल्लङ्घनको कुरालाई युद्धमा उत्तर कोरियाली हतियार प्रयोगसम्बन्धी नयाँ हतियार स्थानान्तरणको मुद्दा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्मा उठाइनेछ,’ कर्बीले भने ।
रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेकोमा बेलायतले कडा शब्दमा निन्दा गरेको छ ।रुसले युक्रेनमा आफ्नो सनकी र गलत सैन्य उद्देश्य पूरा गर्न उत्तर कोरियाको हतियारका लागि उत्तर कोरियातर्फ मोडिरहेको छ । यो युद्धमा यसको अलगावको लक्षण हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स