काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौतासँगै बिजुलीको बजार सुनिश्चित बनेको बताएका छन् । कुराकानीमा उनले भारतसँग सम्पन्न विद्युत् व्यापार सम्झौतासँगै अथाह सम्भावनासहितको बजार सुनिश्चित बनेको बताएका हुन् ।
आज नेपाल र भारतीय पक्षबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता(पीटीए) सम्पन्न भएको छ । यसअघि, जेठ तेस्रो सातामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युत् व्यापारको प्रारम्भिक सम्झौता भएको थियो । सोही प्रारम्भिक सम्झौताले अन्तिमरुप पाएसँगै कार्यान्वयनमै जाने भएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जा सचिवले विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेसँगै भारतीय बजारमा नेपालको पहुँच खुलेको हो । अब यससँगै, नेपालमा लगानीको ढोका खुल्ने घिसिङको भनाई छ । हालसम्म १० हजार मेगावाटभन्दा धेरै जलविद्युतको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको बताए ।
यो सम्झौतासँगै ती आयोजनामा लगानीको बातावरण बन्ने उनको भनाई छ । यस्तै, पीपीएको पर्खाइमा रहेका थप १० हजार मेगावाट क्षमताका आयोजनाको पीपीए समेत खुल्ने उनको भनाई छ । यो सम्झौतासँगै नेपाल र भारतबिच वस्तु किनबेच जस्तै बिजुली किनबेच हुनेछ ।
हाल नेपालले भारततर्फ करिब ७०० मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ । यद्यपि, यतिबेला सुख्खा याम लागेसँगै भारतबाट नेपालतर्फ बिजुली आइरहेको छ । वर्षा याममा भने नेपालबाट भारततर्फ कूल १५ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात हुन्छ । प्राधिकरणका अनुसार भारतसँगको बिजुली व्यापारमा नेपाल नाफामा गइसकेको छ। अर्थात नेपालले भारतबाट आयात गर्ने बिजुलीको तुलनामा निर्यात गर्ने बिजुली र आम्दानी समेत बढी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित
बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ
हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ: कुलमान घिसिङ