काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौतासँगै बिजुलीको बजार सुनिश्चित बनेको बताएका छन् । कुराकानीमा उनले भारतसँग सम्पन्न विद्युत् व्यापार सम्झौतासँगै अथाह सम्भावनासहितको बजार सुनिश्चित बनेको बताएका हुन् ।
आज नेपाल र भारतीय पक्षबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता(पीटीए) सम्पन्न भएको छ । यसअघि, जेठ तेस्रो सातामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युत् व्यापारको प्रारम्भिक सम्झौता भएको थियो । सोही प्रारम्भिक सम्झौताले अन्तिमरुप पाएसँगै कार्यान्वयनमै जाने भएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जा सचिवले विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेसँगै भारतीय बजारमा नेपालको पहुँच खुलेको हो । अब यससँगै, नेपालमा लगानीको ढोका खुल्ने घिसिङको भनाई छ । हालसम्म १० हजार मेगावाटभन्दा धेरै जलविद्युतको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको बताए ।
यो सम्झौतासँगै ती आयोजनामा लगानीको बातावरण बन्ने उनको भनाई छ । यस्तै, पीपीएको पर्खाइमा रहेका थप १० हजार मेगावाट क्षमताका आयोजनाको पीपीए समेत खुल्ने उनको भनाई छ । यो सम्झौतासँगै नेपाल र भारतबिच वस्तु किनबेच जस्तै बिजुली किनबेच हुनेछ ।
हाल नेपालले भारततर्फ करिब ७०० मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ । यद्यपि, यतिबेला सुख्खा याम लागेसँगै भारतबाट नेपालतर्फ बिजुली आइरहेको छ । वर्षा याममा भने नेपालबाट भारततर्फ कूल १५ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात हुन्छ । प्राधिकरणका अनुसार भारतसँगको बिजुली व्यापारमा नेपाल नाफामा गइसकेको छ। अर्थात नेपालले भारतबाट आयात गर्ने बिजुलीको तुलनामा निर्यात गर्ने बिजुली र आम्दानी समेत बढी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बधाई दिँदै कुलमानले भने- रचनात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध छौँ
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ