अस्ट्रेलिया जान चाहनेलाई आयो असस्टडीजको यस्तो अफर

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०७५, १८ : ०३
अस्ट्रेलिया जान चाहनेलाई आयो असस्टडीजको यस्तो अफर

चितवन । शैक्षिक परामर्श संस्था असस्टडीजले एप्लिकेशन मन्थ (निवेदन दिने महिना) कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरी असस्टडीजले सेप्टेम्बर १५ देखि ३० सम्म एप्लिकेशन मन्थ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

उक्त समयामा फ्रि काउन्सेलिङ्ग, फ्रि भिजा प्रोसेसिङ्ग, आइईएलटिएसमा ५० प्रतिशत छुट, फ्रि मोक टेस्ट, फ्रि अवारनेस सेमिनार, स्कलरसिप सेमिनार, अष्टे«लियामा रहेका विभिन्न कलेजका प्रतिनिधिहरुसँग विद्यार्थीहरुले प्रत्यक्ष परामर्श लिन सक्ने आयोजकले जनाएको छ । यस कार्यक्रम विशेष गरी अष्ट्रेलिया, न्यूजिल्यान्ड र क्यानडा जान चाहने विद्यार्थीहरुका लागि बढी लाभदायी हुने असस्टडीजका प्रबन्ध निर्देशक बुद्धकुमार शाक्यले जानकारी दिनुभयो ।

काठमाडौँमा मुख्य कार्यालय रहेको असस्टडीजको चितवन, पोखरा, बुटवल, ललितपुर र अष्ट्रेलियामा शाखा कार्यालय रहेको छ । असस्टडीजले उच्च शिक्षका लागि अष्ट्रेलिया, न्यूजिल्यान्ड र क्यानडा लगायतका देशमा जान चाहने विद्यार्थीहरुलाई उचित परामर्शकासाथ पठाउँदै आएको नारायणगढ शाखा प्रबन्धक अनन्तराज अधिकारीले बताउनु भयो ।
 

 

प्रतिक्रिया दिनुहोस