जबरजस्ती करणी गरेको अभियोगमा तामाङ पक्राउ

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, १२ : १४
जबरजस्ती करणी गरेको अभियोगमा तामाङ पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका–२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस